भू–माफियाले प्रधानमन्त्री निवास बालुवाटारकै जग्गा हडप्नुलाई के भन्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७६

पानीले ओरालो खोज्छ अर्थात् माफियाकै पैसाले चुनाव लड्ने दलहरूलाई माफियाको आशीर्वाद सधैं चाहिन्छ, अन्यथा सत्ता प्राप्ति सपना मात्र हुन्छ ।

वशिष्ठ

हाम्रो देश नेपाल हो भन्नसमेत लाज लाग्न थालिसक्यो, देश बेच्नेहरूले सरकारी जग्गा बेच्नु के नौलो कुरा भयो र ?

कविराम मगर

माफियाका सरदार सत्तामा भएपछि बालुवाटार माक्र होइन, टुँडिखेल, सिंहदरबार सबै व्यत्तिका नाममा लान्छन् । लुट्न सके लुट भन्या यही हो ।

चैतेन्द्र पौडेल

के भन्नु ? हामीले भनेर के नै हुन्छ र ? मलाई त लाग्दैछ एयरपोर्ट र टुँडिखेल पनि कुन–कुन नेताको नाममा छ ? 

कुमार बुढाथोकी

इमान्दार भनेर चिनिएका विष्णु पौडेलले त भुमाफियाको सहजताका लागि क्यबिनेट नै प्रयोग गरे भने भ्रष्ट भनिएका नेताहरूले केसम्म गरेनन् होला ?

भवेश्वर लम्साल

प्रमकै साँठगाँठमा माफियाको बोलवाला बढेको हो । यसलाई त सामान्य मानौं न, हाम्रो स्वाभिमान त खोसिएको छ, सरकारी जग्गा हड्पिएको कुरा के गर्नु ?

गोविन्द अधिकारी

प्रायःजसो दलका कार्यकर्ता ठेकेदार, जग्गा दलाल, माफिया, हुन्डी कारोबारीहरू भएको कसैबाट लुकेको छैन । संरक्षण दलहरूबाटै भएको छ । गुठीको र नदी–किनाराको जग्गा सकिएपछि अब भू–माफियाहरू यस्तै जग्गामा लागेका रहेछन् । बेच्दै जाँदा त्यहाँसम्म पुगेका हुन्, यो त्यति ठूलो विषय होइन । जनता ठगिउन्जेल समाचार बनेन, अब केको रुवाबासी ?

ध्रुव काफ्ले

त्यही अवसर आइलाग्यो त के गर्नु ? पाए भने चन्द्रमा पनि बेच्छन् माफियाहरूले, नेपालको त के कुरा भो र ?

टेकराज कोइराला

कर्णाली बिक्री भयो, सप्तकोसी बिक्री भयो, देशका सिमानाका किल्ला बिक्री भए र देशका ठूलाबडा भन्ने बिक्री भैरहेका छन् । यो कुन् नौलो कुरा हो र ?

विश्वास पौडेल

यसमा सरासर सरकारको गल्ती छ । सरकारले नै भ्रष्टाचारीसँग मिलेर काम गरिरहेको छ । दुईतिहाइको सरकारले हजारौं तिहाइ भ्रष्टाचार गरेको छ । विकास र समृद्धिको नारा लगाउँदै गाउँदेखि सहरसम्म लुटपाट र आतंक मच्चाएको छ ।

आर पाण्डे

योचाहिँ समृद्धितर्फको फड्को हो ।

मिलन

राम्रो हो । अब राष्ट्रपति निवासको जग्गा पनि हडप्नुपर्छ अनि प्रम निवास र राष्ट्रपति निवास खाली गराउन भू–माफियाहरू डोजर लिएर त्यहाँ पुग्नुपर्छ । हामी जनता मात्र कहाँ–कहाँ ठगिनु यार !

अमर पोखरेल

यो त निकम्मापनाकै पराकाष्ठा भयो, तर खोज्दै जाने हो भने योभन्दा नीच तथ्य फेला पर्नेछ ।

जय कृष्ण

बालुवाटार किन्नेलाई हामीले जे भने पनि केही हुनेवाला छैन ।

सुवास पौडेल

नेताहरूको बेडरुमसम्मै माफिया, दलाल, तस्कर र भ्रष्टाचारीहरूको पहुँच छ । हामीले भनेर र नभनेर अब केही हुनेवाला छैन । विरोध अनि खबरदारी त भैरहेको छ । दलाल तथा माफियाहरूको जगजगीले देश चरम बेथितिमा छ । देश चलाउनेहरू नै यस्ता कार्यमा लिप्त भएपछि कसको के लाग्छ ?

वसन्त दसाप्कोटा

नेपालका नेता भन्नेहरू सबैको भू–माफिया, शिक्षा–माफिया, स्वास्थ–माफिया, बिचौलिया, कमिसनखोर तथा घुस्याहाहरूसँग महागठबन्धन छ । सबै गणतन्त्रको नाममा लुटेर खान निपूर्ण छन् । जनताको आँखामा पर्दा हाल्दैछन् । भोलि टुँडिखेल कुनै मन्त्रीले आफ्नो नाममा गर्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुनै मन्त्रीको नाममा होला ?

राम गुरुङ

कठैबरी ! विष्णु फसेछन्, अनुहार हेर्दा पनि फस्लान् जस्तै छन् । उनलाई त दलालले झुक्याएका हुन् । क्षतिपूर्ति दिएर सफाई दे सरकार र यो पनि नबिर्सिनु यदि सोझा जनता भएको भए यो मुद्दा कस्तो हुन्थ्यो ?

हरि थापा

नेकपा महासचिव पौडेल माफिया होइनन्, पीडित हुन्, उनलाई क्षतिपूर्तिबापत टुँडिखेल दिनुपर्छ ।

नवीन कुमार

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्