सारा बिरुद्ध पुलिसमा उजुरी

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७६

भारतिय अभिनेत्री सारा अली खानको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो ।

उनले बाइकमा बस्दा हेल्मेट लगाएकी थिइनन् । यस बिषयमा उनी बिरुद्ध दिल्ली प्रहरीमा उजुरी परको छ ।

 प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको बताएको छ । कात्तिक आर्यनले चलाएको बाइकमा सारा बसेकी थिइन् ।

सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेको थिए ।  उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् ।

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्