रामजी खाँडको वन फूल

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७६

लोकदोहोरी गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘वन फूल’ सार्वजनिक भएको छ । खाँणले उक्त भिडियो रामजी खाँणकै नामको युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुजन लम्सालको शब्द रचना रहेको गीतमा गायक खाँण र शिला गुरुङको स्वर रहेको छ । गीतमा गायक आफैंले संगीत भरेका छन् । कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई शिव विकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

भिडियोमा रामजी खाँण र छुल्ठिम गुरुङको अभिनय देख्न सकिन्छ । गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

वन फूलको म्यूजिक भिडियो :

 

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्