टिक टकको पहुँचमा गुगलको रोक

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७६

भारतिय अदालतको आदेश लोकप्रिय भिडियो एप टिकटकमा गुगलले पनि यसको पहुँचमा रोक लगाएको छ । तमिलनाडुस्थित स्थानीय अदालतले सो आदेश दिएको केही समयमै गुगलले मंगलबार सो सम्बन्धी निर्णय गरेको बताइएको छ । 

चीनको बाइटेडेन्स टेक्नोलोजीको सो एप बन्दले यसको मुख्य बजार नै संकटमा पर्ने अवस्था उत्पन्न भएको छ । स्थानीय अदालतले यही अप्रिल ३ का दिन संघीय सरकारलाई टिकटक बन्द गर्न भनेको थियो । त्यसमा यसले पोर्नोग्राफीलाई प्रवर्द्धन गरेको जनाएको थियो  । एक व्यक्तिले यसलाई रोक लगाइनुपर्ने भन्दै अदालतमा सार्वजनिक चासोको मुद्दा हालेपछि अदालतले सो आदेश दिएको थियो । 

त्यसपछि संघीय सरकारले एप्पल र गुगललाई पत्राचार गरेर अदालतको आदेशबारेमा जानकारी गराएको सूचना प्रविधि सम्बन्धी भारतीय मन्त्रालयका अधिकारीले जानकारी गराएका छन् । सो एप अझैपनि एप्पलको प्लेटफर्ममा मंगलबार साँझ सम्म पाइएको थियो ।

 तर, गुगल प्ले स्टोरमा भने उपलब्ध थिएन । गुगलले एक वक्तव्यमा कुनै निश्चित एपका बारेमा आफूले टिप्पणी नगर्ने बताउँदै  स्थानीय कानुनअनुसार भने चल्ने जनाएको छ । एप्पललाई भने यसबारेमा टिप्पणी गर्न आग्रह गर्दा कुनै प्रतिकृया दिएन । 

गुगलको पछिल्लो निर्णयका बारेमा टिकटिकले पनि कुनै प्रतिक्रिया जनाउन चाहेन । टिकटकले  छोटो भिडियो बनाउने र त्यसलाई शेयर गर्ने गर्दछ जुन भारतमा निकै लोकप्रिय रहेको छ । 

(रोयटर्सबाट)

 

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्