गायक आनन्द कार्कीले ल्याए नयाँ गजल

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७६

गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचना गरिएको नयाँ गजलको संग्रह ‘चुपचाप छौ तिमी....’ काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितका व्यक्तिले उक्त संग्रह लोकार्पण गरेका हुन् ।

विमोचित ‘चुपचाप छौ तिमी...’ मा गायक आनन्द कार्कीको स्वर छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन् । भोला पौडेलले उक्त गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

समारोहमा उक्त गजलको म्युजिक भिडियो पनि प्रिमियर गरियो । संगीतकार प्याकुरेलकै निर्देशनमा बनेको गजलमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् ।  

गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारले पनि अभिनय गरेका छन् ।

सुरेन्द्र श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

चुपचाप छौ तिमीको म्युजिक भिडियो :

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्