अनौठो फुलको १ दिनको आयु

- मोदनाथ पौडेल (न्युट्रिसियन)

वैशाख ३, २०७६

 

फूल फूल्नु ओइलाउनु वनस्पतिको सामान्य प्राकृतिक प्रक्रिया हो । तर यो फूल वर्षको एक दिन वैशाख १ गते फुल्ने गर्छ । सिरहा जिल्लाको लहान नगरपालिका भोटिया टोल छेउको करिब १४ विगाहा  क्षेत्रफलमा फैलिएको प्राचिन जंगलको मध्य भागमा रहेको हारमको रुखमा नयाँ वर्षको पहिलो दिन सुनाखरी प्रजातीको फूल फुल्छ । यो साँझमा ओइलिएर झर्छ । 

त्यस फूल सहलेश मन्दिरसँगै रहेको  रुखमा मात्रै फुल्छ र साँझमा ओइलिएर झर्छ । सधै १ गते मात्रै फुल्ने फूल रहस्यमय छ । पहिलो पटक यो फूलको बारेमा थाहा पाउँदा जो कोहीले पनि कसैले राखिदिने या त भ्रम होला भन्ठान्छन् । वास्तवमा यसको गरिमा र आस्था छुट्टै छ । सहलेश मन्दिर छेउमा फुल्ने फूल सहलेशको सम्बन्धमा एउटा प्रचलित किम्वदन्ति छ । 

छैठौं शताब्दीभन्दा अघि सिराहाको महिसोथा गढमा बुवा सोमदेव र आमा सुवगौरीको कोखबाट जन्म लिएका बालक जयवर्द्धन पछि राजा सहलेशको नामले चिनिए । उनको विवाह सत्यवतीसँग भइसकेको थियो । त्यस प्राचिन समयमा हालको लाहान पूर्वमा तरिगना गढ भन्ने राज्यमा श्री भण्डारी राजाका चार जना छोरीहरू थिए । ती चारै छोरीहरुले मालिनि धर्म मान्ने अठोट लिएका थिए, कान्छी छोरी कुश्मा थिइन् । उनी अत्यन्त राष्ट्रभक्ति, शिवभक्ति थिइन् ।  

यो कुराले राजा सहलेश कुश्माप्रति ज्यादै आकर्षित थिए र राजा एकोहोरो प्रेममा परे । राजाको प्रेमको अघि कुश्माको केहि चलेन, दुवै गहिरो प्रेममा परे । तिनीहरुको प्रेम चरमविन्दुमा पुगेपछि वैशाख १ भेट भएर त्यही फुलेको फूलको माला एक अर्कालाई लगाइदिएका थिए । त्यो बेलादेखि हरेक वैशाख १ गते कुश्मा (मालिनी) फूलमाला लिएर राजा सहलेशको प्रतिक्षामा प्रकट हुन्छिन् भन्ने किंवदन्ती छ । साँचो मनले भाकल गर्दा मनोकामना पूर्ण हुने जनविश्वास छ । 

कति प्रेमि प्रेमिकाहरु यस दिन फूलेको फूललाई साक्षी राखी विवाह पनि गर्छन् । शिसुवारी क्याम्पस प्राध्यापक कृष्ण तिमल्सिना आफू सानो हुँदा देखि हालसम्म मन्दिरको धेरै पटक दर्शन गरेको तर सोचेजस्तो यस क्षेत्रमा परिवर्तन नआएको बताउँछन् । फूलबारी धाममा भण्डारी मन्दिर , सहलेश मन्दिर देख्न सकिन्छ । सहलेश दुसाद जातिका भएकाले हाल ती जातिका बाहुल्य स्थानहरुमा सहलेश मन्दिर छ । अहिले पनि गाउँगाउँमा गीत महराई मार्फत् सहलेश गाउने परम्परा कायमै छ । 

हजारौं संख्यामा नेपाल र भारतबाट यसको दर्शन गर्न  आउँछन् । स्थानीयले यस प्रति चासो देखाएपनि सरकारले यसको प्रर्वद्धन तथा विकासमा चासो देखाए राम्रो धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास हुन सक्ने प्राध्यापक मनोज कर्ण बताउँछन् । राजा सहलेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्छन् । 

 

प्रकाशित :वैशाख ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्