अब डक वाक

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७६

सौन्दर्य प्रतियोगिता होस् वा फेसन शो नै किन नहोस् सहभागी युवतीहरूले सधैं क्याट वाक (बिरालोको चाल) नै गर्ने चलन छ । यद्यपि फिलिपिन्समा हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा सहभागी भएका युवतीहरूलाई डक वाक (हाँसको चाल) मा हिँड्न सिकाइयो ।

हाँसको शैलीमा हिँड्ने अभ्यास सैनिक प्रशिक्षणका क्रममा गराइन्छ र यसले शरीरलाई बलियो बनाउने मान्यता छ । यही कुरालाई ध्यानमा राख्दै सौन्दर्य प्रतियोगितामा सहभागी सुन्दरीहरूलाई डक वाकको प्रशिक्षण प्रदान गरिएको हो । 

प्रकाशित :वैशाख ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्