रामकृष्ण ढकालको अर्को एउटा मर्मस्पर्शी गीत 

  • निर्देशनमा हेम प्रभासको अर्को राम्रो प्रयास

- साप्ताहिक संवाददाता

वैशाख २, २०७६

 

लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । विकास थापाले लेखेको ‘हावाको झोँका’ बोलको गीत गायक ढकालको स्वरमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।  

गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा के सी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् । 

गीतको म्यूजिक भिडियो मार्फत परिवारमा आमाको भुमिकालाई दर्शाउन खोजिएको छ । श्रीमतीको मृत्यु शोकमा डुबेको एउटा श्रीमान । आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोराछोरी, एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यताहरू लगायतका दृष्य म्यूजिक भिडियोमा देख्न सकिन्छ  । भिडियो हेर्दै गर्दा हाम्रै समाजको वास्तिविक कथा जस्तो लाग्छ । 

हावाको झोँकाको म्यूजिक भिडियो :

प्रकाशित :वैशाख २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्