फालेलुङमा चौंरी महोत्सव

- साप्ताहिक संवाददाता

वैशाख १, २०७६

फालेलुङ गाउँपालिकाले पाँचथरको फालेलुङमा चौंरी महोत्सवको आयोजना गर्ने भएको छ । दुई वर्ष अघिदेखि निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको उक्त महोत्सव यसपटक गाउँपालिकाले गर्न लागेको हो । 

विगतमा जस्तै चौंरी संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि यो महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सव साबिक फालेलुङ–६, चाररातेमा हुनेछ ।

२०७६ वैशाख १ गते सञ्चालनमा आउने महोत्सवमा चौंरी तथा चौंरीजन्य वस्तुका साथै विभिन्न जडीबुटी प्रमुख आकर्षणमा रहनेछन् । याक राइडिङसमेत गरिने यो महोत्सवमा भारत, भुटान, चीन तथा बंगालादेशका पर्यटकहरूको समेत सहभागिता रहँदै आएको छ । 

 

प्रकाशित :वैशाख १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्