२०७६ का  पाँच संकल्प 

- साप्ताहिक संवाददाता

वैशाख १, २०७६

मीरा राई

खेलाडी 

    जतिसक्दो चाँडो रिकभरीबाट ब्याक हुनेछु । 

    यो वर्ष सकेजति अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछु । 

    मीरा राई इनिसिएटिभबाट पाँच जना बहिनीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार पार्नेछु । 

    अन्नपूर्णमा अन्तर्राष्ट्रिय स्तरको म्याराथन हुँदैछ, त्यो काममा सहयोग पुर्‍याउनेछु । 

    नेपालभरि ट्रेल रनिङलाई प्रमोट गर्नेछु ।

हरि लम्साल

संगीतकार

    सिर्जना र गीत संगीतमै व्यस्त रहनेछु । 

    संगीतकारका रूपमा काम गरिरहेको छु, केही गीत आफ्नै श्वरमा रेकर्ड गराउने योजनामा छु । 

    चलचित्र तथा एल्बमका काममा अझ बढी लागिपर्नेछु । 

    फरक किसिमको काम गर्ने तथा मेलोडियस संगीतमा केही फरक गरेर देखाउनेछु । 

    आउने वर्ष फरक धारका गीतका साथ आउने सोचमा छु ।

शिल्पा मास्के

अभिनेत्री

 

    थप चलचित्रमा काम गर्ने प्रयास गर्नेछु । 

    थिएटरमा पनि काम गर्नेछु । 

    फिटनेसमा उत्तिकै ध्यान दिनेछु । 

    नयाँ र नगएका ठाउँहरू घुम्ने योजना बनाएकी छु । 

    आफ्नो क्षेत्रबाट नेपाली फिल्म इन्डष्ट्रीमा राम्रो योगदान दिने प्रयास गर्नेछु । 

मेलिना राई

गायिका

 

    २०७५ सालमा भएका भूल र कमजोरी सुधार्ने । 

    ड्राइभिङ सिक्ने । 

    बहिनी जुनु राईलाई आफ्ना तर्फबाट एउटा सोलो गीत गिफ्ट गर्ने । 

    अझै धेरै र फरक शैलीका गीत गाउने । 

    ब्यवसाय एवं समाजसेवातिर पनि लाग्ने । 

मीनराज वसन्त

साहित्यकार

    दूध चियाको धेरै अम्मली भइयो । नयाँ वर्षदेखि दूध चिया छोड्ने विचार गर्दैछु ।

    एउटा लेखक जतिबेला पनि सामाजिक सन्जालमा ‘अभाइलेबल’ हुनु लेखनका हिसाबले फाइदाजनक कुरा होइन । त्यसैले सामाजिक सन्जाललाई निश्चित समय मात्र दिनेछु ।

    वर्ष २०७६ मुख्यतः मेरो अध्ययनमा केन्द्रित हुनेछ । साथसाथै, घुमघाम र विभिन्न शिविर पनि गर्नेछु ।

    फोटोग्राफीको ठूलो सोख छ । एउटा गतिलो क्यामेरा किनेर फोटोग्राफी पनि सुरु गर्नेछु । 

    २०७६ मै आफ्नो तेस्रो उपन्यासका लागि रिसर्चको काम गर्नुपर्नेछ, जसलाई पूरा गर्नेछु ।

टेकेन्द्र शाह

म्युजिक भिडियो निर्देशक

    विदेश घुमघामको योजना छ । यो वर्ष सम्भवतः तीन–चारवटा देश पुग्नेछु । 

    रेड ड्रयागन क्यामेरा किन्ने योजना बनाएको छु । 

    एडिटिङ तथा निर्देशकीय कामलाई थप विस्तार गर्नेछु । 

    रामारोशन डकुमेन्ट्री निर्माण गरेर रामारोशन क्षेत्रको प्रमोसन गर्नेछु भने दुईवटा देउडा गीत रेकर्ड गरेर म्युजिक भिडियो निर्माण गरी सुदूरपश्चिमको स्थानीय संस्कृतिको प्रमोशन गर्नेछु । 

    अहिलेको स्टुडियोलाई अत्याधुनिक पोस्ट प्रोडक्सन स्टुडियोमा विस्तार गर्ने योजना छ ।

सुहाना थापा

अभिनेत्री 

    भगवान् श्रीकृष्णका उपदेश जन–जनमा फैलाउने काम गर्नेछु । 

    अटिजमको क्षेक्रमा त्रियाशील रहँदै अरू सामाजिक काममा समेत सक्रिय हुनेछु । 

    आफ्नो ब्याचलर डिग्री पूरा गर्नेछु । 

    ‘पाँच रुपैयाँमा खाना’ स्टार्टअपका लागि काम गर्नेछु । 

    जति सक्छु राम्रो काम गर्ने प्रयत्नमा लाग्नेछु ।

 

प्रकाशित :वैशाख १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्