२०७६ का  पाँच संकल्प 

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७५

सीताराम कट्टेल 

सामाजिक अभियान्ता

 

    नेपाल सरकारको सरसफाइ दूत भएकाले वर्ष २०७६ भर सरसफाइको एजेन्डालाई प्रभावकारी रूपमा अगाडि लिएर जाने । 

    पुननिर्माण दूत भएका नाताले पुननिर्माणसम्बन्धी काम–कारबाही अघि बढाउन सरकारलाई दबाब दिने तथा पुननिर्माणमा सक्रिय सहभागिता जनाउने । 

    बालमैत्री अभियानको समेत अभियन्ता भएकाले सिंगो देशलाई बालमैत्री बनाउन पहल गर्ने । 

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान तीब्रताका साथ अघि बढाउने । 

    जस्तोसुकै विपद्मा पनि मानवीय धर्म निर्वाह गर्न सक्रिय हिसाबमा अघि बढ्ने । आफ्नो पेसासँग सम्बन्धित कामलाई निरन्तरता दिने । सम्भव भएसम्म ठूलो पर्दाको चलचचित्र निर्माण गर्ने । 

 

प्रदीप खड्का 

अभिनेता 

    शारिरीक तन्दुरुस्तीमा बढी ध्यान दिनेछु । 

    डान्स तथा मार्सल आर्टको तालिम लिनेछु । 

    थुप्रै देश घुम्ने योजना बनाएको छु । 

    यो वर्ष मेरा कुनै पनि नयाँ चलचित्र प्रदर्शनमा आउने छैनन् । 

    सामाजिक कार्यमा सकेसम्म सहभागिता जनाउनेछु । 

 

पशुपति शर्मा

लोकगायक 

    देश–विदेशका सांगीतिक कार्यक्रममा व्यस्त रहनेछु । 

    फरक विषयवस्तुमा आधारित व्यंग्यात्मक गीत सिर्जनालाई निरन्तरता दिनेछु । 

    लोकसंगीतका लागि २० वर्षदेखि दुःख गरिरहेको छु । लोकसंगीतलाई कसरी बचाउने, परिष्कृत गर्ने र यसमा देखिएका विकृतिहरू कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विषयमा अध्ययन गर्नेछु । 

    पछिल्ला वर्षहरूमा अध्ययनमा कमी आएकाले अध्ययनमा पनि ध्यान दिनेछु । 

    साहित्यतर्फ (गजल, कविता तथा उपन्यास) पनि कलम चलाउने योजना बनाएको छु । 

 

मनिता देवकोटा

मिस नेपाल युनिभर्स

    स्वदेशका धेरैभन्दा धेरै ठाऊँ घुम्ने योजना छ । 

    महिला तथा बालबालिकाको सशक्तmीकरणका लागि सामाजिक कार्यलाई निरन्तरतासँगै मानवताका लागि समय दिनेछु । 

    मेरो व्यत्तिगत ब्लग बलगबदयमझ।अय लाई स्थापित गर्ने काममा लाग्नेछु । 

    आफूलाई उत्कृष्ट स्वरुपमा ढाल्न आफैंमा धेरैभन्दा धेरै मेहनत गर्नेछु ।

 

शान थापा

म्युजिक भिडियो निर्देशक 

    २०७५ मा बाँकी रहेका केही भिडियो जेठसम्म सक्नेछु । 

    टौवा क्रियसनलाई अझ परिवर्तन गर्दै फिल्मको कामलाई निरन्तरता दिनेछु । 

    एउटा फिल्म निर्देशन गर्ने तयारी गर्दैछु, जुन २०७७ मा रिलिज हुनेछ । उक्त चलचित्र पूर्ण रूपमा लभस्टोरीमा आधारित हुनेछ । 

     एउटा आर्ट मुभीको स्क्रिप्ट सक्दैछु, जुन मुभीमा विदेशीले लगानी गर्दैछन्, त्यसको तयारी पनि सक्नुपर्नेछ । यो चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सोच छ । 

    आफ्नै एउटा नयाँ बिजनेस पनि सुरु गर्दैछु जुन नितान्त फरक खालको हुनेछ, हाम्रो मनोरन्जन इन्डष्ट्री बाहिरको बिजनेस । 

 

रवि ओड

नेपाल आइडल

    २०७६ मा चलचित्रको पार्श्व गायनमा व्यस्त हुनेछु । 

    वर्ल्ड टुरका लागि अमेरिकामा जाँदैछु, त्यहाँ धेरै कुरा सिक्ने योजना बनाएको छु । 

    आफ्नो अध्ययनलाई पनि समय दिनेछु । 

    आफ्ना गीतको संख्या बढाउनेछु । 

    पर्यटन बोर्डको सहकार्यमा नेपाल भ्रमण वर्ष–२०२० मा नेपालका सातै प्रदेशको प्रचार–प्रसार हुने एउटा सांगीतिक अभियानलाई मूर्त रूप दिनेछु । सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको प्रमोट हुने गीत पनि तयार पार्नेछु ।

 

प्रकाशित :चैत्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्