कुमार कट्टेल भन्छन्, ‘स्टेडियम बन्छ, जसरी पनि बन्छ’

- साप्ताहिक संवाददाता

चैत्र २९, २०७५

हाँस्यकलाकार तथा सामाजिक अभियान्ता कुमार कट्टेलले धुर्मुस सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिका चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम तोकिएमै समयमा निर्माण सम्पन्न हुने दावी गरेका छन् । निर्माणसम्बन्धी सहमति पत्रमा भरतपुर महानगरपालिका र फाउन्डेशनबीच हस्ताक्षर भएपछि अहिले उक्त स्थानमा स्टेडियम निर्माणका लागी काम सुरु भैसकेको छ ।

हालै कान्तिपुरका रामजी ज्ञवालीसँग भएको छोटो कुराकानीमा कट्टेलले ५० लाख युवाले दिनको एक रुपैयाँ दिएको खण्डमा पनि स्टेडियम सहजै सम्पन्न हुने बताए । कुराकानीमा उनले स्टेडियम निर्माणका लागी अहिलेसम्म कति रकम जुट्यो, कति रकम आवश्यक पर्नेहो, कसरी काम भैरहेको  लगायतका बिषयमा पनि धारणा राखेका छन् ।

उनले देश तथा विदेशबाट धमाधम सहयोगका हात वढिरहेकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘हामी सबै तातेर लागेका छौं, विदेशका कार्यक्रममा पनि पुगेका छौं, दाइ–भाउजुहरु पनि गइरहनुभएको छ । सम्पुर्ण नेपालीले यो हाम्रो पनि हो भनेर लाग्नुभयो भने पक्कैपनि सहज हुनेथियो ।’

भोली मात्रै किर्तीपुर स्थित टियु मैदानमा भोली हुन गैरहेको मातृभुमी कपको सम्पुर्ण तयारी सकिएको उनले बताए । भोली राष्ट्रिय खेलाडीका दुई टिम र कलाकारहरुबिचको दुई टिमको क्रिकेट प्रतियोगीता हुँदैछ । क्रिकेटका लागी राष्ट्रिय टिमका कप्तान पारश खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको टिम लड्नेछ भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिम एकआपसमा भिड्नेछ ।

कट्टेलसँग गरिएको भिडियो हेर्नुहोस्

प्रकाशित :चैत्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्