२०७५ को उपलब्धि केलाई मान्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

चैत्र २९, २०७५

 

१. विप्लवको उदय 

२. आफ्नै सानो दोकान खोलियो ।

महेन्द्र थुलुङ

उपलब्धि शून्य नै रह्यो, मात्र ०७५ को ठाउँमा ०७६ लेख्न पाइने भयो ।

मनिष श्रेष्ठ

प्रधानमन्त्रीले उखान–टुक्का सुनाएर जनतालाई उल्लू बनाउन सक्नु नै ठूलो उपलब्धि भयो ।

शंकर खड्का 

उपलब्धि भन्ने कि दुर्गति भन्ने स–परिवार विदेश लागियो ।

राई रमेश

दुइवटा उपलब्धि : 

१. विवाह गर्नु परेन 

२. जापान काण्ड १ र २ हेर्न पाइयो ।

चन्दा गौतम

आफूलाई यो ७५ मा अत्यधिक आर्थिक संकट आइपर्‍यो । यसको दीर्घकालीन असर मेरो जीवनभर पर्नेछ । त्यही हो उपलब्धि । 

कुमार अविरल

आफू त बेरोजगार, बेरोजगार भत्ता लिएर बचेखुचेको पैसाले एउटा कार किनेर चढ्ने सपना बुनेको छु । यसैलाई उपलब्धि मान्नुपर्ला ।

दिलिप प्रजापति

जागिरका कारण व्यक्तिगत स्वार्थमा लिप्त भएको अनुभव गरियो तसर्थ जागिरबाट अलग भएर निःस्वार्थ सामाजिक सेवामा लाग्ने प्रण गरियो ।

उमेश थापा

होली वाइन, वाइड बडी, बाराको हुरी, ताप्लेजुङ दुर्घटना, लगानी सम्मेलनको अंग्रेजी यस्तै–यस्तै त हुन् ।

श्याम अधिकारी

आफूले स्नातकोत्तर सकेको वर्ष रह्यो— २०७५ ।

रोशन राई

एक वर्षभरि २०७५ लेख्न पाइयो ।

मोहन

१. गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास हुनु,

२. जापानसँग श्रम सम्झौता गरिनु ।

हरीश ऐर

नेपाली क्रिकेट टिमले युएईविरुद्ध वान डे तथा टी–२० सिरिजमा ऐतिहासिक सफलता प्राप्त गर्नु नै २०७५ को सबैभन्दा ठूलो उपलब्धि हो ।

रमन श्रेष्ठ

लोडसेडिङको अन्त्य ।

योगेश राइ 

१. नयाँ नेपालको सपना देखाइनु ।

२. नयाँ नेपालको सपना देखाउनेहरू नै निदाउनु ।

३. परनिर्भरताको पराकाष्ठा ।

४. चीनसँगको नाका नखुल्नु ।

कम्पनी दर्ता 

निर्मला पन्त प्रकरणका दोषी पक्राउ नपर्नु ।

दीपेन्द्र प्रसाद

चलचित्रकर्मी, नेता तथा पत्रकारहरूको नाटकलाई मान्दा बेस होला ।

आर्जु रिजाल

विवाह गरियो, दुनियाँको कहिले बिहे गर्छस् भन्ने जिज्ञासा शान्त पारियो ।

दीपक तामाङ

मैले साप्ताहिकको यो प्रश्नको उत्तर दिन पाउनु अनि तपाईंले प्रकाशन गर्न पाउनु नै मुख्य उपलब्धि हो ।

सुदिप तामाङ

सबै अझकल्टो भएको छ । चाहे विकास निर्माणको कुरा गरौं वा अन्य उपलब्धिको । नभएको केहि छैन तर राम्रोसँग भएको पनि केही होइन । 

हरि थापा

प्रधानमन्त्रीको उखान–टुक्कामा चाहिँ प्रगति भा’को छ ।

संजीव श्रेष्ठ

नानी, पानी र जवानी सबै गुमायो देशले ।

सुभाष चौधरी

पानीजहाज कार्यालयको स्थापना ।

इश्वर श्रेष्ठ

हामी जनता हत्या, हिंसा, बलात्कार, प्राकृतिक विपत्तिजस्ता अनेकौं पीडाबाट गुज्रिरहँदा सरकारचाहिँ सुशासनको एवार्डदेखि लिएर भ्रष्टाचार, घुसपैठ आदिको खेलमा रमाउने प्रयासमा देखियो ।

निर्माला बराल

२ केजी पेट बढ्यो । उन्नति, प्रगति, समृद्धि, उपलब्धि— जे भने पनि यही हो ।

सिकारु दाइ 

यो वर्ष पनि मेरो विवाह भएन ।

सुस्केरा

एकपटक फेरि हावाहुरी चल्यो । हुरीले देशका सयौं बासिन्दाको बास भताङभुतुङ पारिदियो । अब सुन्दै छु, सहयोगका लागि हात फिजाउँदै छ सरकार । अब सहयोग उपलब्ध हुन्छ विदेशबाट, अनि फेरि नेताहरूलाई दसै आउँछ । 

विश्व पौडेल

सम्झनलायक उपलब्धि केही छैन । महँगी र छोराछोरीको बढ्दो स्कुल फीले पीडा दिन्छ । गएको वर्षको तुलनामा यो वर्ष डबल नै ऋण थपिएको छ ।

सन्तोष सिंखडा

प्रकाशित :चैत्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्