फुलन्देकी आमालाई ताली 

- नरेन्द्र बस्नेत

चैत्र २९, २०७५

पिठयुँमा झोला बोकेर भोजपुर जाने बाटो सोध्दै मञ्चमा उत्रिएका फुलन्देकी आमा (उमेश राई) लाई देख्नेबित्तिकै ताली र हुटिङको वर्षा भयो । पछिल्लो समय सानो पर्दामा जमिरहेका हास्यकलाकार फुलन्देकी आमालाई हाम्रो सुर सरगम समूहले धरानको सभागृहमा उतारेको थियो । सुर सरगम सांगीतिक कार्यक्रमको साथमा दोस्रो संस्करणको स्मल आइडलको पुरस्कार वितरण समारोहका प्रमुख आकर्षण नै फुलन्देकी आमा थिइन् ।

उनले झण्डै आधा घण्टा दर्शकलाई राम्रैसँग हँसाए । कार्यक्रममा दोस्रो संस्करणकी विजेता दार्जीलिङकी तार्मी लेप्चा, दोस्रो भएका काठमाडौंका विनोदराज तिवारी तथा तेस्रो भएका सिक्किमका सागर तामाङलाई पुरस्कृत गरिएको थियो ।

दोस्रो संस्करणको आइडलमा सहभागी २ सय १६ जना कलाकारमध्येबाट निर्णायक संगीतकार ओमप्रकाश राई, बिबि अनुरागी तथा कुशल थलङले विजेता छनौट गरेका थिए । 

प्रकाशित :चैत्र २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्