ओठको जादु

- साप्ताहिक संवाददाता

चैत्र २८, २०७५

सौन्दर्यका पारखीहरू युवतीको ओठमा जादु हुन्छ भन्छन् । हुन पनि हो कि क्या हो ? यही कुरा बुझेर एक युवतीले आफ्नो ओठलाई विभिन्न ढंगले सिँगारेको तस्बिर इन्टरनेटमा भाइरल भैरहेको छ ।

लिड्समा बसोबास गर्ने २५ वर्षीया मिन्नी म्याकगीले आफ्नो ओठलाई क्यानभासकै रूप दिएकी छिन् ।

आफ्नो ओठलाई विभिन्न ढंगले श्रृंगार गरेर दिएको नयाँ रूपलाई उनी इन्स्टाग्राममा अपलोड गर्छिन् ।

उनको यो कार्य धेरैले रुचाएका छन् । यही कारणले इन्स्टाग्राममा उनका फलोअर्स बढिरहेका छन् । 

प्रकाशित :चैत्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्