प्रियंका र आयुष्मानको बरु अर्को जुनी 

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७५

अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन् । 

शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको करियोग्राफी छ । योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्रलाई मनिश दाहाले निर्माण गरेका हुन् । 

चलचित्रमा संजय न्यौपाने कार्यकारी निर्माताका रुपमा छन् । प्रदीप भारद्वाजले लेखेको चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने सम्पादनको जिम्मा बनिश शाह र मिलन श्रेष्ठले लिएका छन् । यसैविच, जेठ ३ गतेबाट पछि सरेको यो चलचित्र अब जेठको ३१ गतेबाट रिलिज हुने भएको छ ।

गीतको भिडियो :

 

प्रकाशित :चैत्र २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्