मोटोपन घटाउन  सरकार नै अग्रसर

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७५

आफ्ना कर्मचारीहरूको शरीरको तौल बढ्दै गएपछि संयुक्त अरब इमिरेट्स सरकारले मोटोपन घटाउने विशेष योजना अघि सारेको छ । लुज टु विन अभियानमा मोटोपनको सिकार भएका कर्मचारीहरूले सहभागिता जनाउन पाउँछन् । 

यो अभियानमा सरकारको मातहतमा रहेका पोषण विशेषज्ञ तथा स्वास्थ्य शिक्षकहरूले सही खानपिन, कसरत आदिका तौर तरिकाका सम्बन्धमा जानकारी दिने छन् । त्यस बाहेक धेरै मोटोपन भएका व्यक्तिलाई आठ सातामा तौल घटाउने विशेष टिप्ससमेत प्रदान गरिनेछ ।

यसैगरी पोषणविज्ञ मार्फत बजारमा पाइने खानाहरू कति मात्रामा खानेदेखि लिएर खानेकुराको लेभल हेर्न समेत सिकाइनेछ ।

प्रकाशित :चैत्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्