आफु मात्र हिट हुनुपर्छ भन्ने ठान्दिन : प्रमोद खरेल

- राजाराम पौडेल

चैत्र २६, २०७५

हिट गीतका गीतकारहरुको गुनोसो छ– गायक/ गायिकाले हामीलाई सम्झिएनन् । धेरै गायक गायिकाहरुले धेरै स्टेजहरुमा गीत गाउँदै गर्दा गीतकार/संगीतकारको नामनै नलिएका पनि थुप्रै उदाहरणहरु छन् । तर, गायक प्रमोद खरेल भने एउटा गीतका सबै स्रष्टा चिनिनु पर्ने बताउँछन् । 

गत साता पोखरामा एकल प्रस्तुती दिन पुगेका गायक खरेलले आफुले प्रस्तुत गरेका गीतका स्रष्टालाई पनि सम्झना गर्दै थिए । गीतसँग जोडिएका सबै श्रष्टाले उतीकै चर्चा पाउनुपर्छ भन्ने मान्यता खरेको रहेको छ । पोखरामा आयोजित सोलो कर्न्सटमा उनले डेढ दर्जन भन्दा बढी गीत सुनाएका थिए । 

मनोज गजुरेलको हाँस्य प्रस्तुती र मिना निरौलाको साथले सोलो कर्न्सटमा रौनकता थपेको थियो । कर्न्सटमा योगेश भट्टराई सहित सत्तारुढ नेकपाका पार्टी तथा भातृ संगठनका नेताहरुको उलेख्य सहभागीता देखियो । सोलो कर्न्सट हो की एकल साँझ भन्नेमा समेत केहि दुविधा देखियो । 

अब गायक खरेलको सोलो कर्न्सट नेपालका अन्य शहरमा पनि हुने बताइएको छ । एकल साँझको नाममा भने काठमाण्डौंमा कार्यक्रम हुनेछ । उनको प्रस्तुतीमा दर्शकले एकलसाँझकै अनुभुती गरे । म विना कसै कसैलाई मुस्किल छ पोखरामा गीतबाट सुरु भएको उनको प्रस्तुती खेलाडी सम्बन्धी गीत गाएर टुंगीएको थियो । गीत मार्फत स्वर्गीय रविन्द्र अधिकारीलाई पनि उनले सम्झिए । 

प्रकाशित :चैत्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्