गुगलले ल्यायो स्टाडिया

- साप्ताहिक संवाददाता

चैत्र २५, २०७५

 

गुगलले गेम स्ट्रिमिङ सेवा ‘स्टाडिया’ सार्वजनिक गरेको छ । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित गुगलको गेम डेभलपर कन्फ्रेन्समा उक्त सेवा सार्वजनिक गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपश्चात् प्रयोगकर्ताहरूले कुनै पनि डिभाइसबाट ठूलो क्षमताका गेम समेत निःशुल्क खेल्न सक्नेछन् ।

स्टाडियाले गुगल क्लाउडबाट सिधै गेम प्ले गर्नेछ । यसको सहयोगले ६० फ्रेम प्रतिसेकेन्डको स्पिडमा फोरके रिजोल्युसन भएको गेम खेल्न सकिन्छ । यसले एटके रिजोल्युसनयुक्त गेमलाई पनि सपोर्ट गर्छ । उक्त सर्भिसलाई युट्युबसँग पनि जोड्न सकिन्छ । 

उक्त अवसरमा गुगलले विभिन्न गेम खेल्न बनाइएको खास गेमप्याड पनि सार्वजनिक गरेको छ । यसलाई वाइफाईको माध्यमबाट इन्टरनेटसँग कनेक्ट गरी प्रयोग गर्न सकिन्छ । यसमा भएको क्याप्चर र गुगल असिस्टेन्ट बटनको सहयोगले सोसल मिडियामा गेम सेयर गर्न सकिन्छ ।

गुगलले यो सेवा यही वर्षदेखि अमेरिका, क्यानाडा, बेलायत तथा युरोपमा सञ्चालनमा ल्याउने योजना बनाएको छ । यद्यपि यसको शुल्क कति लाग्छ भन्ने विषयमा केही जानकारी दिइएको छैन । 

प्रकाशित :चैत्र २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्