लोकप्रिय बन्दै शर्माको गंगा जी

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७५

गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । 

आफ्नै शब्द संगीत रहेको ‘गंगा जी’ बोलको सार्वजनिक गीतमा श्याश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन् । 

यस अघि गायक शर्माकै ‘बरिखा’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका राहुल शाहले यो गीतको म्यूजिक भिडियो पनि निर्देशन गरेका छन् । 

गीतको भिडियोमा निर्देशक राहुलका साथमा अलिसा शर्माले अभिनय गरेका छन् । 

गंगा जी को म्यूजिक भिडियो :

प्रकाशित :चैत्र २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्