यो एक किसिमको यौनरोग हो

- डा.बालकृष्ण शाह

चैत्र २३, २०७५

मेरी श्रीमतीको योनिमा सानो मासु पलाएजस्तो भएको छ, जुन हल्का रातो रंगको छ । के कारणले यस्तो भएको हो र त्यसका लागि हामीले के गर्नुपर्छ ? पहिले–पहिले त्यो चिलाउँथ्यो, अहिलेचाहिं चिलाउँदैन । यसलाई कसरी हटाउने ? 

                                                                       एच.

योनिमार्गमा चिलाउने सानो मासुको डल्ला मुसा (जेनाइटल वार्ट) आउन सक्छ तर नहेरी यसै भन्न सकिँदैन । जेनाइटल वार्ट एक किसिमको भाइरस (ह्युम्यान पापिलोमा भाइरस) ले हुन्छ । 

यो एक किसिमको यौनरोग हो । यसको उपचार सम्भव भएकाले आत्तिनु पर्दैन । तपाईले एकपटक आफ्नी श्रीमतीको परीक्षण छाला तथा यौनरोग विशेषज्ञबाट गराउनुपर्छ ।

 

प्रकाशित :चैत्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्