यात्राको डुली डुली

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७५

 

चैत २९ मा देशभर सार्वजनिक हुन लागेको चलचित्र यात्राको डुली डुली बोलको गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले आज युट्युवबाट सार्वजनिक गरेको गीतको भिडियोमा अभिनेत्री मलीका महतलाई स्टेजमा गीत गाएको देख्न सकिन्छ ।

उनको प्रस्तुती हेर्न सलिनमान बनिया, जाहन्वी बस्नेत लगायतका कलाकारहरु दर्शकको रुपमा उपस्थित छन् । निकै आकर्षक सेट तयार गरेर खिचिएको भिडियो निकै मिहेनत का साथ निर्माण गरेको अनुमान गर्न सकिन्छ । 

दिभेस उप्रेती र प्रतीक पौडेलले लेखेको गीतमा मेलिना राइले स्वर दिएकी छिन् । चलचित्रलाई केशव भट्टराइले निर्माण गरेका हुन् भने सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

 

प्रकाशित :चैत्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्