शिव परियारको मन छुने गीत

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७५

 

चर्चित गायक शिव परियारको स्वरमा सजिएको पप गीत ‘मेरो भागको खुसी तिमिलाई मिलोस’ सार्वजनिक गरिएको छ । यो एक बर्षअगाडी सार्वजनिक भएको आसुँको अर्थको भाग २ हो ।  बिहिवार युट्युबवाट सार्वजनिक गरिएको गीतको भिडियोमा ज्योत्सना योगी र सन्नी सिंहको गज्जबको अभिनय देख्न सकिन्छ ।

सुहाना क्रियशनले वजारमा ल्याएको गीत शिव परियारको शिवालय एल्बममा समेटिएको छ । रबि अधिकारीको शब्द, शिव परियारको कम्पोज, उदयराज पौडेलको एरेन्जमा निर्माण भएको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्, निकेश खड्काले निर्देशन गरेका हुन ।

भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो

प्रकाशित :चैत्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्