विदेशिनुको पीडा जालमा फसायौमा 

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७५

धन कमाउने आशमा वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ सार्वजनिक भएको छ । 

पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारीमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोट लाई प्रस्तुत गरिएको छ । 

शब्द तथा संगीत प्रभावन जे को रहेको उक्त गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । बिग एचडि परिवेष रेकर्डिङ स्टुडियोमा गीत रेर्कड गरिएको हो । 

नारायण दंगाल र स्वंम गायीका पार्वती कार्किको अभिनय रहेको जालमा फसायौको म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् भने कला निर्देशन राजाराम गौतमको रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ । 

जालमा फसायौको पहिलो भाग अहिले सार्वजनिक गरिएको हो भने जालमा फसायौ भाग–२ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए । 

जालमा फसायौंको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्