फलैंचा

- बालिका थपलिया

चैत्र १९, २०७५

यही फलैंचामा

तिमी र मैले

बिछ्याएका थियौं

प्रेमको गलैंचा

सँगै रोपेका थियौं

रङ्गीन बँगैचा । 

साँच्चै पृथ्वी गोलो रै’छ

अनि घुम्दै–घुम्दै

म आइपुगेछु

यही तीर्थमा

जहाँ

समर्पित गर्दै

एकले अर्कालार्ईर्

सम्पूर्ण अस्तित्व

हामीले पवित्रता धारण गरेका थियौं ।

तिमीले सुमसुम्याएको थियौ

मेरो सुनौलो, लामो कपाल

चुमेको थियौ आत्मासम्म

मुटुमा प्रेमको किला गाडेर

मैले टाँगेकी थिएँ

तिम्रो अमेटय तस्बिर

हामीले उस्तै–उस्तै

महसुस गरेका थियौं

समयको जाँदुसँगै

मायामा परेका थियौं ।

त्यो मायालु सम्झना

छचल्किरहन्छ

स्मृतिको घल्चाबाट

म प्रेमाकुल भएर

छामिरहेछु झझल्कोले

त्यो सुमधुर अतित

अनि प्रतीक्षारत छु

पुनर्मिलनको आशामा

तिमी अचानक आइपुग्नेछौ

फेरि एकाकार हुनेछौ हामी ।

यही फलैंचामा

तिमी र मैले

बिछयाएका थियौ

प्रेमको गलैंचा

सँगै रोपेका थियौ

रङ्गीन बँगैचा ।

 

प्रकाशित :चैत्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्