मिरुनाको यादमा विकल्प

- साप्ताहिक संवाददाता

चैत्र १७, २०७५

‘तिमीले भन्दा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् । 

गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन् । अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत छ । 

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । आफ्नो माया गरेको मान्छेलाई छाड्नुपर्दा प्रेमीलाई उसको यादले कती सताउँछ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ । 

तिमीले भन्दाको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्