कडाइका साथ लागू गरिनेछ

- साप्ताहिक संवाददाता

चैत्र १७, २०७५

 केशव भट्टराई, अध्यक्ष, चलचित्र विकास बोर्ड 

चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा तपाईंको पहिलो प्रतिबद्धता के हो ? 

चलचित्र क्षेत्रको हितका लागि सकेको काम गर्ने तर अहितमा कुनै पनि काम नगर्ने । 

विकास बोर्ड सधैं राजनीतिमा रुमलिँदै आएको छ । यसको विगतको काम त्यति सन्तोषजनक छैन नि ? 

विगतमा के कस्तो काम भए, त्यो मलाई थाहा छैन । म यहाँ रहने भनेको कुनै राजनीतिक दलको कार्यकर्ताका रूपमा होइन । म बिसुद्ध चलचिक्र र चलचित्रकर्मीका लागि काम गर्न यहाँ आएको हुँ । 

केही नयाँ कार्यत्रम त तय गर्नुभएको होला नि ? 

चलचित्र क्षेत्रको हितका लागि मैले केही ठोस योजनाहरू बनाएको हुँ, यद्यपि कार्यालयको पहिलो दिन नै म ती कार्यक्रम घोषणा गर्न चाहन्न । 

सरकारलाई बुझाउनु भएको योजनामा के छ ? 

मैले सरकारलाई १६ बुँदामा महत्वाकांक्षी योजना बुझाएको छु । त्यसबाहेक म राष्ट्रिय चलचित्र नीति–२०७१ पारित गर्न सक्दो प्रयास गर्नेछु । 

अलपत्र परेको बक्स अफिसका बारेमा यहाँको धारणा के छ ? 

हामी चाँडै बक्स अफिसलाई कार्यान्वयन गराउँछौं । 

विदेशी चलचित्रले नेपाली चलचित्रमाथि गर्दै आएको थिचोमिचोलाई कसरी सम्बोधन गर्नु हुन्छ ? 

विदेशी चलचित्रमाथि सकारात्मक हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेको छु । शुक्रबारबाहेक अन्य दिन विदेशी चलचित्र प्रदर्शन गर्न नपाइने नियम कडाइका साथ लागू गराउनेछु । 

तपाईंको नियुक्तिलाई राजनैतिक मान्ने कि गैर राजनैतिक ? 

म कुनै राजनीतिक कार्यकर्ताका रूपमा यहाँ आएको होइन । म बिसुद्ध चलचित्रकर्मी हुँ । बोर्डको अध्यक्षका रूपमा मैले कुनै पनि संघ–संस्थामाथि अनावश्यक हस्तक्षेप गर्ने छैन । 

प्रकाशित :चैत्र १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्