चन्द्रमामा जाने कार

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७५

 

जापानी कार निर्माता कम्पनी टोयोटा अब चन्द्रमामा समेत पुग्ने तयारीमा छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ । टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् । 

टोयोटाले यो कार एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीका लागि तयार गरिरहेको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । यसको भित्र १३ वर्गमिटर स्थान हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ । 

प्रकाशित :चैत्र १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्