मण्डलामा जोखाना

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७५

अनामनगरस्थित मण्डला नाटकघरमा शुक्रबारदेखि नाटक ‘जोखाना’मञ्चन भैरहेको छ । किरण चाम्लिङ राईले निर्देशन गरेको ‘जोखाना’ बियस राईको कथासंग्रह ‘हिउँमाझी’मा संग्रहित कथामा आधारित नाटक हो । 

साहित्यकार राजन मुकारुङले कथालाई नाटकमा रुपान्तरण गरेका हुन । नाटकलाई यसअघि नेपाल अर्न्तराष्ट्रिय नाट्य महोत्सव, २०७५ मा समेत मञ्चन गरिएको थियो । 

नाटकमा संगीता थापा, रुपेश लामा, अनिल सुब्बाले शिर्ष पात्रका रुपमा अभिनय गरेका छन् । नाटकमा सन्जिव राई, कविराज राई, मानहाङ राई, पवित्रा राई, निशा पाख्रिन, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको पनि अभिनय रहेको छ । 

चैत्र ८ गतेबाट मञ्चन सुरु भएको यो नाटकसोमबारबाहेक एक महिनासम्म नियमित मञ्चन गरिने निर्देशक किरणले बताएका छन् ।

 

प्रकाशित :चैत्र १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्