मन जित्ने निरिषा 

- साप्ताहिक संवाददाता

चैत्र १२, २०७५

अभिनेत्री निरिषा बस्नेत यतिबेला चर्चामा छिन् । मुम्बईमा रहेर हिन्दी धारावाहिकहरूमा समेत अभिनय गरिसकेकी यी अभिनेत्रीको पहिलो चलचित्र जानी–नजानी अघिल्लो साता प्रदर्शन भयो । चलचित्रले औसत व्यवसाय गरे पनि निरिषाको अभिनयले भने सबैलाई प्रभावित बनायो । 

पुराना चलचित्रकर्मी विश्व बस्नेतकी यी छोरीले पहिलो नेपाली चलचित्रबाटै प्रशस्त सम्भावना देखाएकी छिन् । चलचित्रमा उनले यति प्रभावकारी अभिनय गरेकी छिन् कि चलचित्र हेरेर फर्किने दर्शकहरूको आँखामा निरिषाको अनुहार तथा भूमिका स्मरणमा रहिरहनेछ । 

नेपाली चलचित्रका निर्माता–निर्देशकको नजरमा चाहिं उनी पर्छिन् कि पर्दिनन्, त्यो हेर्न बाँकी नै छ । 

प्रकाशित :चैत्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्