युगन्त अब हिरो

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७५

 

युगन्त प्रताप राणा केहिबर्षदेखी बिजनेसमा ब्यस्त थिए । सानैदेखीको रहर भने मोडलिङ थियो । उनि केहिबर्षदेखी मोडलिङमा सक्रिय रहे । विभिन्न विज्ञापनमा काम गरे । म्युजिक भिडियोमा देखिए । ¥याम्पवाकमा भेटिए । अब उनलाई चलचित्रमा देख्न पाइने भएको छ ।

हालै उनको मुख्य भुमिका रहेको चलचित्र सरौतोको छायाँकन सकिएको छ, यो चलचित्र आगामी भदौंमा प्रदर्शन गर्ने निर्माण पक्षको भनाई छ । सरौतोमा राम्रो भुमिका र चलचित्रको कथा राम्रो भएकाले काम गरेको हुँ, उनी भन्छन्, ‘राम्रो प्रोजेक्टबाट अभिनेताको परिचय बनाउने लक्ष्य थियो, त्यो पनि पुरा भएको छ ।’

युगन्त भैरहवाका स्थानिय हुन्, काठमाण्डौं छिरेको भने धेरै बर्ष भयो । उनले अब चलचित्र क्षेत्रमा निरन्तर काम गर्ने योजना बनाएका छन् । उनि थप्छन्, ‘अन्य कामहरु त छँदैछ, यो क्षेत्रमा पनि केहि गरौ भन्ने योजना छ ।’

युगन्तले केहि दिनमा एटा नयाँ म्युजिक भिडियोमा काम गर्दैछन् भने एउटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेका छन् । उनका अनुसार यो चलचित्रको कथा पढेर मन परेको खण्डमा उनले काम गर्नेछन् । अभिनेता त जो पनि भएका छन्, उनि भन्छन्, ‘मैले जुन चलचित्रमा काम गर्छु, त्यो चलचित्रबाट दर्शकमा राम्रो छाप छोड्नेछु ।’

सबैमा पराक्रम नामले चिनिएका युगन्तको रहर पुरा होला या नहोला ? यो त भगवानलाई थाहा होला अथवा उनको मिहेनतवाट चाडै देखिएला।

प्रकाशित :चैत्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्