विशनको दोस्रो इनिङ्स

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७५

नेपाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने दाजुभाइको जोडीमा पर्छन्— वसन्त र विशन गौचन । पोखरेली वसन्त नेपाली फुटबलका ठूला स्टार हुन् । उनी काठमाडौंमै भएको आठौं दक्षिण एसियाली खेलकुदको फुटबलमा उत्कृष्ट खेलाडी चुनिएका थिए ।

पछि उनकै बाटो पछ्याउँदै विशनले पनि नेपाली टिमबाट खेले । घरेलु फुटबलमा भने जहाँ वसन्तले मनाङ मर्स्याङ्दीका लागि खेले, त्यहीं विशनले थ्री स्टारका लागि खेले । थ्री स्टार केही वर्षअघि निकै बलियो थियो र त्यसले घरेलु फुटबलमा लगभग सबै उपाधि जितेको थियो ।

त्यही टिमका एक सदस्य थिए, विशन । यिनै विशनले हालै विवाह गरेका छन् र सुरु गरेका छन्, आफ्नो जीवनको दोस्रो इनिङ्स । 

प्रकाशित :चैत्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्