वर्षाको गुनासो 

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७५

अभिनेत्री वर्षा शिवाकोटीले अभिनय गरेको पछिल्लो चलचित्र पुरानो बुलेट शुक्रबारदेखि प्रदर्शनमा छ । चलचित्र राम्रो बनेको भए पनि सिनेमा हलमा दर्शकको उपस्थिति कम हुँदा यसको व्यवसायिक पक्ष चित्तबुझ्दो छैन ।

आफ्नो चलचित्र सिनेमा हलमा आएकै दिन अभिनेत्री शिवाकोटीले फेसबुकमा आफ्नो चित्त दुखेको आशयको एउटा स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्– ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म हिट ब्यानरको नियमित सदस्य, न म कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर...बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको बिचारी ।

सो कल्ड रिजर्भ्ड आर्टिस्ट अनि हलसम्म मेरा लागि किन जाने ? बेस्ट अफ टाइम । चलचित्रको त के कुरा गर्नु ? हिट एक्टर्स, हिट मुभि ।’

प्रकाशित :चैत्र ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्