सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गर्न गरेको निर्णय कस्तो लाग्यो ?

- साप्ताहिक संवाददाता

चैत्र १०, २०७५

कसैमाथि प्रतिबन्ध लगाउनु समस्याको समाधान होइन । बरु दुवै पक्ष अलिकति लचिलो भएर वार्तामार्फत समस्या सुल्झाउँदा ठीक होला । सिके राउतजस्ता विखण्डनकारीसँग वार्ता गर्न सक्ने सरकारले विप्लवसँग किन नसक्ने ..? यो सरकारको अपरिपक्व र आडम्बरी निर्णय हो । 

मास्टर जेबी गाउँले 

नेकपा विप्लव पार्टीलाई प्रतिबन्ध लगाएर सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउने काम घरको जोत्ने गोरुलाई छाडा छाडेर साँढेलाई ल्याएर जोत्नुजस्तै हो ।

भवानी 

नेपालको संविधानमा कुनै व्यक्ति अथवा दलले आफ्नो माग स्वतन्त्रतापूर्वक राख्न पाउनुपर्छ भनी उल्लेख गरिएको छ । आफ्नो माग राख्दै आएको विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु सरकारको गैरकानुनी कार्य हो । 

प्रबिन अवस्थी

हत्या, हिंसा, आतंकमा प्रतिबन्ध लगाउनु जायज हो, तर प्रतिबन्धको नाउँमा देशमा अर्को गृहयुद्ध निम्त्याएर सर्वसाधारण जनतालाई आतंकित पार्ने र बलिको बोका बनाउने काम कदापि स्विकार्य हुन्न ।

सञ्जीव ढुंगाना

प्रतिबन्ध लगाउनु राजनैतिक नैतिकता बाहिर छ, संविधानअनुसार पनि दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन । कसैको लहड र उक्साहटमा देशले युद्ध थाम्न सक्दैन ।

प्रदमकुमार श्रेष्ठ

नेपालको संविधानमा कुनै पनि राजनैतिक दललाई प्रतिबन्ध नलगाउने उल्लेख गरिएको छ । आजको सत्ता पक्ष पनि हिजोका दिन हत्या–हिंसामै संलग्न थियो । सरकारको निर्णयले मुलुकमा मुठभेड निम्त्याउने देखियो । के यही हो आमुल परिवर्तन ?

इन्द्र श्रेष्ठ

विप्लवले उठाएका माग र समस्याहरू जायज छन्, तर जुन तरिकाले प्रस्तुत भैराख्या छ, त्यो ठीक छैन । सरकारले सकेसम्म सबैलाई समेटेर उनीहरूका माग सुनी जायजअनुसार पूरा गरेर अगाडि बढ्नुपर्छ । यस्तो प्रतिबन्धले झन् जटिलता ल्याउन सक्छ ।

सविन

लोकतान्त्रिक मुलुकमा प्रतिबन्ध भन्ने शब्द नै आउनु हुन्न, एक–आपसमा बसेर छलफल गरेर सकारात्मक निर्णय लिनु उचित हुन्छ । प्रतिबन्धले देश द्वन्द्वको दलदलमा फस्छ ।

दीपेन्द्र कोइराला

प्रतिबन्ध गैरकानुनी कार्य होे । लाएर लाग्न पनि सक्दैन । आपराधिक कार्यमा कानुनी कारवाही गर्नुपर्छ । सरकार अपराध मिनाहा गर्नेे तानाबाना बुन्दैछ ।

रामनाथ 

वार्ताका लागि पहल पनि नगरेर निषेध गर्ने जुन काम सरकारले ग¥यो, त्यो गैरजिम्मेवारपूर्ण निर्णय हो । सरकार आफंै द्वन्द्व निम्त्याउने काम गर्दैछ ।

दुर्गा आचार्य

विप्लवले उठाएका एजेन्डालाई आत्मसात् गर्छु, तर क्रियाकलाप त गलत देखियो नि ? गतिविधिअनुसार सरकारको नीतिलाई गलत भन्न सकिन्न ।

संकल्प कोइराला

विद्रोह कहिल्यै प्रतिबन्धबाट समाधान हुँदैन । विद्रोह राजनैतिक समझदारीबाट समाधान हुन्छ । कतिपय कुरामा विप्लव गलत छन् त कतिपय कुरामा सरकार । विप्लवको पार्टी आतंककारी होइन, राजनैतिक एजेन्डा बोकेको पार्टी हो । 

नवराज आचार्य

प्रतिबन्ध लगाउनु भनेको नेपालको सन्दर्भमा मलजल गर्नु सरह हो, सरकारको यो नीतिले नेकपाका नेता तथा कार्यकर्ता उत्तेजित हुँदै जाने र आन्दोलनले उग्र रुप लिने खतरा देखिन्छ । जायज मागलाई सम्बोधन गर्नुको विकल्प छैन । 

सफल राज

निषेध होइन, सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो, सबैले ध्यान पु¥याउन् । हरेक समस्याको समाधान वार्ताबाटै सम्भव छ ।

पुष्प

प्रतिबन्ध लगाउनु नै समस्याको समाधान होइन, सरकारले प्रतिबन्ध लगाउनुको साटो वार्तामा बसेर समस्या समाधान गरेको भए झनै राम्रो हुथ्यो ।

विदुर

प्रकाशित :चैत्र १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्