चैत्र ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र ८, २०७५

मेष

रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ ।      

वृष 

मुनाफा हात पर्ने व्यवसाय सुरु गर्न साझेदारीहरूबीच मत मिल्नेछ । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । प्रेमिकाले पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने प्रस्ताव राख्ने छिन्, उनको अनुरोधलाई सहजै स्वीकार गर्दा विशेष फाइदा हुन सक्छ । सवारी साधन चलाउँदा विशेष संयमता अपनाउनुहोला ।  

मिथुन 

साता उत्साहप्रद तथा विभिन्न खाले मनोरञ्जनले बित्नेछ । धार्मिक भ्रमण गर्दा प्रेमिकाले नौलो धातु उपहार प्रदान गर्न सक्छिन् । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजनको रसापान लिइनेछ । पुख्र्याैली धन खर्च गरी सवारी साधन खरिद गर्नै मत मिल्नेछ । 

कर्कट

मन मिल्ने साथीसँग यात्रा गर्दा नसोचेको फजुल खर्चले सताउनेछ । टाढा रहेका साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्नेछ । स्वदेशमै नौला स्थानको भ्रमण गर्दै मनोरञ्जन गरिनेछ । विपरित लिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ । 

सिंह 

यो साता पूर्वतर्फको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनु नै आफ्नो हितमा हुनेछ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न आस्था बढ्नेछ । 

कन्या

मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्न सक्छ । मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय खर्चिनुपर्ला । केही समययता देखिएको प्रेमिकासँगको  खल्लोपन प्रेममा परिणत हुनेछ । भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावाधानी अपनाउनु बेस हुनेछ । साताको अन्त्यमा भने गतिलो प्रविधिक कम्पनीमा रोगारीको अवसर हात लाग्नेछ  । 

तुला  

मेहनत, कर्मठ, लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन्, धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्रामा जाँदा विशिष्ट व्यक्तिसँग  भलाकुसारी हुनेछ । 

वृश्चिक

सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कार्यको श्रीगणेश गरिनेछ । आकर्षक रोजगारी हात लाग्दा साथीभाइबीच चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हँुदा विवेक पु¥याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंशा बटुल्न सकिनेछ । 

धनु 

आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सल्वलाउन सक्छन्, उचित ध्यान दिनुहोला । साथीहरूले वचन फेर्दा चोट पुग्न सक्छ । मझौला तथा ठूला दुवै खाले लगानीमा आर्थिक हानिको सामना गर्नुपर्ला । यात्रा गर्दा असावधानीले दुर्घटना निम्त्ययाउन सक्छ । सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ ।   

मकर 

आध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ ।अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । व्यावसायले विदेशयात्राको अवसर जुटाउन सक्छ ।  

कुम्भ 

तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनाम प्राप्त हुनेछ । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुनेछ । पहेंलो रंग प्रयोग गर्नाले शुभ संकेत प्राप्त भै पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ । 

मीन 

मित्र तथा नातेदारको बोलावटमा संलग्न हुँदा अधिक मनोरञ्जन भै शारीरिक थकानको महसुस हुनेछ । लामो तथा छोटा दूरीको यात्रामा खराब आचरण भएकाबाट टाढा रहँदै सावधानीपूर्वक प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । खेलकुद तथा प्रतिस्र्धामा भाग लिँदा परिणाम आफ्नो पोल्टामै पर्न सक्छ ।

प्रकाशित :चैत्र ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्