कन्दरा लाइभ इन बुटवल

- स्वस्तिक श्रेष्ठ

चैत्र ७, २०७५

चैत्र ८ गते बुटवलमा कन्दरा लाइभ हुँदैछ । बुटवलमा कन्दराले पहिलो पटक आफ्नो प्रस्तुति दिँदैछ । तामरिङ म्युजिक सेन्टर र शिवनगर युवा परिवारले एक महिनाअघिदेखि कार्यक्रमको तयारी गरेको हो ।

आयोजकका अनुसार नेपालका पुराना संगीतकर्मीहरूको सम्मानसँगै सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो । दर्शकले ३ सय रुपैयाँको टिकटमा कन्दरासँगै नेपाल आइडल सिजन–२ को टप फाइभका अमित बराल र स्थानीयमध्ये ब्यान्डको प्रस्तुति पनि लिन सक्नेछन् । दमक, धरान, चितवन, उर्लाबारी, झापाको विर्तामोड, दमौली हुँदै कन्दरा बुटवल पुगेको हो । 

 

प्रकाशित :चैत्र ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्