होलीमा मदिराको रंग

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७५

होलीमा हल्का मदहोस् भएर रङसँग खेल्नुको मज्जा बेग्लै हुन्छ । गाँजाजन्य पदार्थको सेवन प्रतिबन्धित भएपछि होलीमा रंगिँदै मदहोस हुनेहरूका लागि मदिरा एकमात्र विकल्प भएको छ । मदिराको नशामा लठ्टिएर होली खेल्नुभन्दा हल्का रम–रम भएको अवस्थामा खेल्नुको मज्जा अर्कै हुन्छ । होलीमा मदिराको हल्का रम–रम लिन घरमै सजिलै पाइने पदार्थहरूको मिश्रण गरेर ककटेलहरू बनाउन सकिन्छ । यी ककटेलहरू बनाउन जति सजिलो छ, त्यसले दिने रम–रमले त्योभन्दा धेरै गुणा आनन्द दिनेछ । तपाईंहरूले पनि यो होलीमा यी रेसिपीहरूमार्फत मज्जाले ककटेल बनाउन सक्नुहुन्छ । सभ्य ढंगले पिउनुहोस्, होलीको अग्रिम शुभकामना । 

क्यापे कोडर

भोड्का : ६० मिलिलिटर

क्यानबेरी जुस : १२० मिलिलिटर

कागतीको रस : १० मिलिलिटर

आइस : ६–८ टुक्रा

यी सबै पदार्थहरूलाई एउटा गिलासमा घोलेर पिउँदा जुसको स्वाद आए पनि मदिराको हल्का नशा लाग्छ ।

हिमालयन सौर

भोड्का : ४५ मिलिलिटर

टिम्मुर : एक चिम्टी

कागतीको रस : १० मिलिलिटर

चिनीको झोल : १० मिलिलिटर

आइस : ६–८ टुक्रा

यी सबै पदार्थलाई एउटा गिलासमा घोलेर पिउँदा शरीरमा ताजगी आउँछ ।

लेमोन ड्रप

भोड्का : ६० मिलिलिटर

कागतीको रस : २० मिलिलिटर

चिनीको रस : १५ मिलिलिटर

आइस : ६–८ टुक्रा

यी सबै पदार्थलाई गिलासमा हालेर केहीबेर चलाएपछि लेमोन ड्रप तयार हुन्छ । यसले थकान भएको बेला रिफ्रेस गर्नुका साथै हल्का नशा पनि दिन्छ ।

वाटर मेलोन केपिरोस्का

तरबुजाको टुक्रा : १ सय ग्राम

भोड्का : ६० मिलिलिटर

कागतीको रस : १५ मिलिलिटर

चिनीको रस : १५ मिलिलिटर

आइस : ६–८ टुक्रा

यी सबै पदार्थहरूलाई एउटा गिलासमा घोलेर पिउँदा शरीरलाई हल्का फुर्तिलो बनाउनुका साथै हल्का लाग्ने पनि गर्छ ।

मोजिता

सेतो रमः ६० मिलिलिटर

कागतीको रस : १५ मिलिलिटर

चिनीको रस : १५ मिलिलिटर

पुदिनाको फात : ८–१० टुक्रा

आइस : ६–८ टुत्रा

स्पाइसी मार्टिनी

झोड्का : ४५ मिलिलिटर

अदुवा : २ सानो टुक्रा

हरियो खुर्सानी : १ टुत्रा

लिची जुस : ६० मिलिलिटर

चिनीको घोल : १५ मिलिलिटर

कागतीको रस : १५ मिलिलिटर

बिरे नुन : १ चिम्टी

आइस : ६–८ टुक्रा

यी सबै पदार्थहरूलाई एउटा गिलासमा हालेर घोलेर पिउँदा बेग्लै किसिमको आनन्द आउँछ ।

गोल्डेन कफ

जिन : ६० मिलिलिटर

कागतीको रस : १५ मिलिलिटर

चिनीको रस : १५ मिलिलिटर

आइस : ६–८ टुक्रा

कात्रो : २ टुक्रा

यी सबै पदार्थलाई गिलासमा हालेर राम्रोसँग चलाएपछि गोल्डेन कप तयार हुन्छ । गर्मीमा यो ककटेल पिउँदा बढी आनन्द आउँछ ।

 

स्ट्रबेरी डाइक्विरी

सेतो रम : ४५ मिलिलिटर

स्ट्रबेरी : ६ वटा

चिनीको झोल : १० मिलिलिटर

कागतीको रस : १० मिलिलिटर

स्प्राइटः ६० मिलिलिटर

आइस : ६–८ टुक्रा

यी सबैलाई एउटा गिलासमा हालेर राम्रोसँग चलाएपछि यो ककटेल तयार हुन्छ ।

प्रकाशित :चैत्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्