घरमै बनाउनुहोस् होलीका परिकार

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७५

 

खसीको मासुको अचार

खसीको हड्डी, छाला तथा बोसो नभएको मासुलाई स–साना टुक्रा पारेर प्रेसर कुकरमा उसिल्ने । उसिनेको मासुलाई फानी तर्काएर राख्ने । अर्को कराहीमा तताइएको तेलमा सुकेको रायोको गेडा, ल्वाङ, अदुवाको टुक्रा, खुर्सानी तथा लसुनको टुत्रा हालेर पकाउने । पाकेपछि ग्याँस बन्द गरेर बेसार तथा खुर्सानीको धुलो अनि नुन हालेर हालेर मोल्ने । 

अर्को कराहीमा उसिनेर सेलाएको खसीको मासुको टुक्रालाई डिप फ्राई गर्ने । मासु रातो भएपछि मसला पकाइएको कराहीमा हालेर हल्का आँचमा चलाउँदै केहीबेर पकाउने । मासुको रोष्टमा मसला राम्रोसँग मोलिएपछि कागतीको रस हाल्ने र चलाउने । मासुको यो अचार बनाउने बित्तिकै खानु भन्दा भोलिपल्ट खादाँ मासुमा मसला पसिकेको हुन्छ र अचार बढी स्वादिलो हुन्छ ।

केराको मालपुवा

होलीको अबसरमा केराको मालपुवा खाने चलन पनि छ । अरू बेला पिठोको मालपुवा खाइए पनि होलीको अवसरमा बनाईने केराको मालपुवा भने फरक स्वादको हुन्छ । दुई कोसा केरालाई एउटा वाटामा राखेर मिच्ने । लेदो जस्तो भएपछि काजू, किसमिस तथा देशी बदामका स–साना टुक्रा हाल्ने । त्यसमा सुकमेलको धुलो, ४—५ चम्चा धुलो दूध, एक कचौरा मैदा तथा सुकेको नरिवलको धुलो हाल्ने ।

यि सबैलाई धोलेर लेसाइलो बनाउन दुध हाल्दै मोल्ने । मालपुवा डाडुवाट सलल झर्ने नहुन्जेल दूध हालेर पकाउँदै जाने ।तयार भएपछि आधाकप चिनीको चास्नी तयार गर्ने । सुगन्ध आओस् भनेर चास्नीमा सुकमेलको धुलो छर्कने । यसरी बनेको चास्नी झिक्ने बेला आधा कागतीको रस हाल्दा चास्नी जम्ने समस्या हुदैन ।

प्यानमा तेल तताउने र मध्य आँचमा डाडुको मद्दतले मालपुवा हाल्ने । दुवैतर्फ रातो भएपछि मालपुवा झिक्ने र तेल राम्रोसँग तर्काएपछि चास्नीमा केही बेर डुबाएर झिक्ने । गुलियो धेरै मनपर्छ भने धेरैबेर डुवाउने होईन भने १/२ मिनेटमै झिक्ने ।

गुझिया

होलीमा खाइने महत्वपूर्ण परिकार हो– गुझिया । यो शाकाहारी परिकार हो । गुझिया बनाउन मैदालाई मोलेर रोटी बेल्ने जस्तो अवस्थामा ल्याउने । गुझियामा हाल्न खुवालाई अलग्गै कडाहिमा तताउँदै पकाउने । खैरो भएको खुवालाई केहीबेर सेलाउन दिएपछि त्यसमा मात्राअनुसार चिनी, कोरेको नरिबल, काजू, किसमिस तथा अलैंचीको धुलो हालेर मोल्ने । मोलेर राखिएको मैदालाई रोटीको आकारमा बेल्ने र गुझिया बनाउने साँचोमा राखेर खुवाको मसला अधिकतम दुई चम्चा हाल्ने र साँचोले थिचेर आकार दिने । यसरी तयार पारिएको गुझियालाई तातो तेलमा डिप फ्राई गरी खैरो भएपछि झिक्ने । गुझिया तात्तातो भन्दा सेलाएपछि सर्व गर्नुपर्छ । 

प्रकाशित :चैत्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्