फस्ट लभ इज फस्ट लभ किन भनिएको होला

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७५

उमेश राई–फुलन्देकी आमा

कार्यकम चल्दा–चल्दै फुलन्देकी आमाको सारी खुस्कियो भने ?

लुङ्गी–सारी केही खुस्किए पनि डराउनु पर्दैन । बूढी परिपक्व छिन् । पेटीकोटको इजार सातपल्ट कसेकी हुन्छिन् । 

सोनिकाको किस मिठो कि उमेशकी गर्लफ्रेण्डको थप्पड ?

आक्का हौं, नभाकी गर्लफ्रेण्डको थप्पड भन्दा त सोनिकाको किस नै मिठो नि । 

फस्ट लभ इज फस्ट लभ किन भनिएको होला ? 

मुटु एउटा हुन्छ त्यो पनि सुरुमा जसलाई दिइन्छ उसैले राज गर्छ नि । धेरै कुरा त उसैले बुझेको हुन्छ । 

फुलन्देकी आमा बुद्धिमान कि उमेश राई मूर्ख ?

हैट, बेला–बेला लुङ्गी उचाल्छु भन्ने फुलन्देकी आमा कहाँ बाठी हुनु ? उमेश राई नै बुद्धिमान होला । 

राति ओछ्यानमा सुतेको उमेश बिहान उठ्दा समुद्रको बीचमा पाइए के होला ?

चिसो लाग्ला, अनि कल्पनामा आउला मलाइ कसले–कसरी लुछेर खालान् ? त्यसपछि म ‘मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो’ गीत गाएर बस्छु । 

हाम्रो देशका नेताको सदबुद्धि कहिले आउला ?

फुलन्देकी आमाले लुङ्गी उचालेर खुट्टा देखाइदिए पछि ।

पानीबाट बाइक चल्नेभए बाइकको पछाडि राखेर गलफ्रेण्डलाई कहाँसम्म पुर्‍याउने इच्छा छ ? 

यस्तो अफर पाए नजिकै त कसले पो लैजाला र ? लण्डन नै पुर्‍याउँछु नि । 

नेपालीहरू किन प्रायः ट्वाइलेटमा गीत गाउँछन् ?

खोर्सानीले पोलेर, त्यो पोलाई बिर्सन । 

फुलन्देकी आमालाई डोनाल्ड ट्रम्पले विवाह गर्ने प्रपोज गरे भने बुलन्देको बाउलाई छोडिदिने हो ?

ट्रम्पले नै भनेपछि त सक्की गो नि । ओके भन्यो, अमेरिका उड्यो । आनन्दले बसिन्छ ।

प्रकाशित :चैत्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्