सन्नी लियोनले प्रेम प्रस्ताव राखिन् भने

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७५

अर्जुन घिमिरे ‘पाँडे’   

तपाईंको बारीमा छिमेकीको कुखुरा आएर अण्डा पार्‍यो भने त्यो अण्डा कसको हुन्छ ?

मेरो बारीमा मात्र होइन अरूको बारीमा पनि छिमेकीको कुखुरीले अन्डा पार्छे भने त्यो अन्डा त्यही कुखुरीकै हुन्छ ।

 

सरकारले नाङ्गै हिँड्नुपर्ने नियम ल्यायो भने ? 

नाङ्गो हिँड्नुपर्ने नियम आउँदै–आउँदैन, आयो भने नियम बनाउनेहरू पहिले हिँडुन अनि म पनि हिंडौला । सबै नाङ्गो भएपछि न लाज–न घिन, सुरु–सुरुमा चाहिँ बबालै रमाइलो हुन्थ्यो होला । 

तपाईंको आँखाको नानी ह्वातै बढ्यो भने के गर्नुहुन्छ ?

उपचार गराउँछु, चस्मा लगाउँछु ।

सन्नी लियोनले प्रेम प्रस्ताव राखिन् भने ? 

प्रस्ताव आउँदैमा मुन्टो टेकेर दौडिनेमा आफू परिएन । कागलाई बेल पाकेर हर्ष न बिस्मात ।

पाँडेले विवाह गरे, भतिज कहाँ सुत्छ ?

भतिज एक घन्टाका लागि खाटमुनी सुत्छ ।

भद्रगोलमा भद्र भलादमीको भूमिका निर्वाह गर्नु परे पाँडे को हालत के होला ?

भद्र भलादमीको भूमिका गर्नु परे, पाँडे सकिन्छ  तर मरे पनि त्यो रोल स्विकार गर्दैन । बरु पाँडे मर्छ,भलादमी बन्दैन । 

पाँडेले रक्षालाई भगाउनुपर्ने बाध्यता आयो, त्यो बेला जिग्रीको धुलाइको कल्पना गरेको छ ? 

 पाँडे हजुरबाले नातिनी जस्ती उमेरकी रक्षालाई भगाउँदा जिग्री खासै रिसाउँदैन । धुलाईनै गर्न आयो भने पाँडेका अगाडि जिग्री लुत्रुक्क परिहाल्छ नि ।  

बहिर राम्रो देखिने भान्टा भित्र कसरी कीरा पस्छ ?

कहाँ छ त्यो भान्टा ? मलाई त्यो भान्टा चिरेर हेर्नमन लाग्यो ? कुन प्रजातिको किरो रै’ छ । 

पाँडे र अर्जुन घिमिरेमा के फरक छ ?

नेता र जनताको जस्तो फरक छ । पाँडे नेता हो भने अर्जुन घिमिरे जनता हो ।

पाँडेको दारी–जुँगा उखेल्दा के हुन्छ ?

उखेल्दा चाहिँ दुख्छ, उखेली सकेपछि ताछेको आलु जस्तो देखिन्छ ।

 

प्रकाशित :चैत्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्