तीन पाने (रक्सी)मा कहाँ–कहाँको पानी मिसिएको हुन्छ

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७५

केदार घिमिरे ‘माग्नेबुढा’, हास्यकलाकार 

होलीमा केटीको हुल नै तपाईंलाई रंग दल्न आयो भने ? 

केटीले होलीमा रंग दल्ने उमेर त गैहाल्यो तर दली हाले भने आन्टीहरूले दल्न सक्छन् । केटीहरूले त अंकल, ठूलो ड्याडी भन्न थालिसके । आन्टीहरूले नै दले भने चाहिँ धन्यवाद भन्नुपर्ला । 

सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भने अगाडि कसको हात हुन्छ ? 

आफ्नै हात हुन्छ । किनभने, आफ्नो हात पछाडि हुँदैन्, अगाडि नै हुन्छ । 

तीन पाने (रक्सी)मा कहाँ–कहाँको पानी मिसिएको हुन्छ ? 

ललितपुरमा तीन पाने भन्ज्याङ भन्ने ठाउँ नै छ, काठमाडौंबाट हेटौंडा जाने बाटोमा । त्यहीको पानी हाल्छन् होला ।

 

पत्नी र प्रेमिकामा के फरक छ ? 

प्रेमिका क्यासेट प्लेयरजस्तै हो, बेलाबेलामा सुनिन्छ, कहिलेकाहीँ बन्द गर्न पनि मिल्छ, त्यसबाट छुटकारा पनि पाउन सकिन्छ । तर, पत्नी भनेका रेडियोजस्तै हुन बजेका बज्यैं हुन्छन्, तिनीहरू जिन्दगीभरिकै लागि हुन् । 

तपाईंका पछाडि अनमोल केसीकाजस्तै केटीहरू लागि परे भने के गर्नुहुन्छ ?

अनमोल केसीका झैं केटीहरू पछि परे भने केश काट्न छाड्ने, दाह्री नकाट्ने, दात नमाझ्ने त्यसपछि केटीहरू आफैं साइड लाग्छन् । 

अर्काकी श्रीमती देख्दा लोग्ने मान्छेलाई किन डाहा लागेको होला ?

अर्काकी श्रीमती देखेर मलाई त डाहा लाग्दैन् । मलाई त कसैको विवाह भएको देख्दा खुच्चिङ भन्न मन लाग्छ– विचरो फस्यो भनेर । 

साला एक मच्छड आदमीको हिजडा बना देता है किन भनिएको होला ? 

नाना पाटेकरले आफ्नो सालालाई भनेका हुन सक्छन् । सालालाई मच्चडले हिजडा बनाउँछ, झुल हालेर सुत्नुपर्छ भनेका होलान् । 

सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ? 

भिनाजु अब तपाईंले जुत्ता लगाउने दिन सकिए, आजदेखि खाली खुट्टा दौड्नुहोस् भनेका हुन् कि ? 

प्रकाशित :चैत्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्