मरुभूमीममा निराजन र कविताको रोमान्टिक अवतार 

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७५

मोडल निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको एक भिडियो सार्वजनिक भएको छ । 

गायक भुषण राईको आवाजमा समावेश ‘मरुभुमी’ बोलको गीतमा निराजन र कविताको रोमान्टिक अवतार हेर्न सकिन्छ । गायक राईको शब्द, संगीत तथा स्वरमा समावेश ‘मरुभुमी’ बोलको गीतमा यूवतीको आगमनपछि यूवकलाई कस्तो महशुश हुन्छ भन्ने देखाइएको छ । 

यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । अर्जुनले गीतको भाव अनुसारनै लोकेशन खोजिएको बताए । गीतको  भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ ।

कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ । यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुसनको छ ।

मरुभूमीको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्