महिला आफैं सक्षम हुनाले राष्ट्रपत्नी नभाको

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७५

सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भने सफल महिलाको पछाडि कसको हात हुन्छ ? 

महिलाको आफ्नै हात हुन्छ । 

राष्ट्रपति भएजस्तै राष्ट्रपत्नी किन नभएको होला ? 

सफल पुरुषको पछाडि महिलाको हात हुने भएर राष्ट्रपति भाको अनि महिला आफैं सक्षम हुनाले राष्ट्रपत्नी नभाको ।

भीडभाडमा कुनै पुरुषको फस्नर खुल्ला देख्नुभयो भने ?

विपरीत दिशातर्फ फर्किनुभन्दा अर्को उपाय छैन । 

भोलि उठ्दा पुरुष हुनुभयो भने ? 

बूढा र आफ्ना लागि सुन्दर कन्या खोज्ने अभियानमा निस्कन्छु ।

माया र चिनीमा के फरक छ ?

चिनीमा कमिला अनि मायामा धमिरा लाग्छ । अर्को कुरा यी दुवै कुरा धेरै भयो भने तीतो हुन्छ । 

बौलाएको मान्छेले के खाएको हुन्छ ? 

सबैको दिमाग खा’को हुन्छ । 

हात्ती र मुसाको लभ पर्‍यो भने के होला ? 

विचरा हात्ती ससुराली जान बन्चित हुन्थ्यो । 

चुम्बन गर्दा केश झर्ने रोग लाग्यो भने ?

सबै टकलु हुन्थे अनि मानिसको केश हेर्न म्युजियम जानुपर्थ्यो । 

फेसबुकको सबैभन्दा फन्नी कुरा के हो ?

कामकुरो एकातिर मोबाइल बोकी ट्वाइलेटतिर । 

 जानुका पौडेल ‘प्याकुली’

 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्