बुरा न मानो होलीमा

- साप्ताहिक संवाददाता

चैत्र ३, २०७५

 

फागु पूर्णिमा पनि तीज जस्तै एक महिना अघिदेखि मनाउने चलन आएछ, समृद्धि भनेको यही त होला नि । 

ट्यांकी 

घोट्टा त साह्रै मिठो हुन्छ । यो त वर्षमा दुई पटकमात्र खाइन्छ । यसले नसा दिएपछि सात दिनसम्म हाँसिरहेको अथवा रोइरहेको अनुभव छ मसँग । 

किशोर बस्न्यात 

शब्दमा के छ र ? फाल्गुन पूर्णिमा भएकाले फागु वा फगुवा भनिएको हो । हिरण्यकश्यपुले छोरा प्रल्हादलाई होलिकाको काखमा राखेर डढाउन खोज्दा होलिका डढेर नास भएको हिन्दु मिथकमा आधारित भएकाले होली भनियो । शब्दकै कारण विवाद सिर्जना गर्ने अनि समाजलाई विभाजित गर्ने होइन, विवाद छोडेर रमाउने पो त । 

तीर्थ प्रसाईं 

फाउ खेल्ने भन्दै पहाडमा फागु पूर्णिमा मनाउँदै हुर्किएका हौं हामी । विदेशी भाषामा शपथ खाँदा उर्लने हामीमा होली शब्दले किन स्थान पाउँछ मान्यवर ? 

सुभास श्रेष्ठ

बुरा न मानो होलीमा होली है भनेर रंग लगाउन आउने छिमेकीहरूलाई हाम्रो टोक्ने कुकुर छोडेर बुरा न मानो कुकुर तिहार है भन्देको सबै घर भित्र लुकेका छन् । 

सुमिता थापा 

ल ल, चैते दसैंको शुभकामना, जोगिरा सरर । 

सुरेश कुण्डित 

हामी किराँती भए पनि शिवरात्री, फागु, दसैं, तिहार धुमधामसँग मनाउँछौं । रिती जसको जे भए पनि हामीलाई नेपाली संस्कृति नै मिठो लाग्छ । 

रामबहादुर 

रंग बरसे भिगे चुनरवाली रंग बरसे, हो...रंग बरसे भिगे चुनरवाली रंग बरसे । 

सहयोग रन्जित 

फागु खेल्न जान्ने, फागुका बारेमा जानकार बाग्लुङे/पर्वते कोइ हुनुहुन्छ ? फागु खेल्न परो, आम्नुस त । चिलाउनीको रुखमुनि बूढो कमिलो, तेरी आमा थारी भए ख्वाउ अमिलो । 

सीएम पौडेल

तिहार बन्यो दिवाली, फागु पूर्णिमा बन्यो होली । भाइटीकाको महिमा घट्यो, रक्षा बन्धन मनाउँदै । अब दसैंलाई दशहरा भन्दै मनाउने दिन आए । 

समीर दीक्षित 

होलीलाई फागु पूर्णिमा पनि भनिन्छ । लोला पूर्णिमा भनिदैन । त्यसैले रंग खेलौं, लोला खेल्नेहरूलाई सामाजिक बहिष्कार गरौं । 

नरोत्तम

हरपल रंग फेर्ने छेपारेहरू सोध्छन्–होली कहिले रे ? 

पशुपति केटिएम

त्यो दिन चाहिँ बिहे नगर्नु होला है, होली खेल्न पर्छ, आउन भ्याइन्न । 

विनम्र

होली खेल्न छोडेर बिहे ? ना रे बाबा ना । 

अपसरा

होली आइ’रा नै हो, विश्वास भो । 

क्षितिज श्रेष्ठ 

यसपालि होली तिमीसँग खेल्ने दाउमा छु, जहाँ रंगसँगै माया मिसाएर लगाउनेछु । भन्नेहरू जेसुकै भनून् यसपालि होली खुलेर खेल्नेछु । 

सबिना 

हिजोसम्म चैं शिवरात्री भनेर दिन जान्थे, अब क्यारी दिन बिताउने हो बरै । छिटो होली आए पनि हुने नि । 

निकिता कोइराला

जीवनमा आउने उतार–चढाव होली जस्तै हुन् । एक्कैछिन् रंगिनु पर्ने, पछि पखालिनु पर्ने । 

नारायण खनाल 

हो त, प्रधानमन्त्रीले ठिकै भन्यो हो । दुई–चारवटा बम पड्काउँदैमा, भूमिगत हुँदैमा कम्युनिस्ट भइन्छ ? कम्युनिस्ट हुन त दुई हजार बम पड्काउनु पर्‍यो, १७ हजार मानिस मारिनु पर्‍यो, लुटपाट–तस्करी गरेर अर्बौं कमाउन सक्नु पर्‍यो, हत्या, आतंक, अशान्ति फैलाउन सक्ने हुनु पर्‍यो । मुख्य कुरा रगतको होली खेल्नुपर्‍यो नि । 

हरि लट्ठक 

पैसाको होली खेल्दै ओली सरकारका मन्त्रीहरू, दिनदिनै अबौंको नयाँ–नयाँ भ्रष्टाचार काण्ड । 

कल्पना अधिकारी 

होली भन्दा शिवरात्री चर्को, एक सर्को दुनियाँ नै अर्को । जय शम्भो, हरहर महादेव । 

अर्जुन 

भ्यालेन्टाइन डेमा प्रेम दिवस मनाउने होइन, अब सिधै शिवरात्री मनाउने हो, तर शिवरात्रीमा सेवन गर्ने चलन छैन, त्यही भएर होली मनाउने हो होली । 

तिमिल्सिना ब्रो 

ओइ, होली आउन लाग्यो । बबाल रमाइलो गर्नुपर्छ ल । 

मुस्कान पुन मगर

प्रकाशित :चैत्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्