प्रदेशस्तरीय शारीरिक सुगठन

- स्वस्तिक श्रेष्ठ

चैत्र ३, २०७५

रुपन्देहीमा सम्पन्न दोस्रो बुद्ध क्लासिक प्रथम प्रदेशस्तरीय (४ र ५) शारीरिक सुगठन, मेन्स फिजिक एण्ड बुमेन्स फिजिक प्रतियोगिता–२०७५ को उपाधि ह्यामर फिटनेश भैरहवाका बिनोद सुनारले जितेका छन् । फाइनल प्रतिस्पर्धामा ७० किलोग्राम तौलसमुहबाट विजेता हुँदै ओभरअलमा चार जना प्रतिस्पर्धीलाई पराजित गरेर सुनारले यो उपाधि जितेका हुन् । 

बडिबिल्डिङ एण्ड फिटनेश एसोसिएसन रुपन्देहीद्वारा आयोजित प्रतियोगितामा ५५ किलोग्राम तौल समूहमा डि–जायन्ट फिटनेस पोखराका नरजंग सुब्बा गुरुङ, ६० किलोग्राम तौल समूहमा एक्ट्रिम फिटनेस रुपन्देहीका नेत्रबहादुर थापा, ६५ किलोग्राम तौल समूहमा एक्ट्रिम फिटनेस रुपन्देहीका मानबहादुर राना, ७० प्लस किलोग्राम तौल समूहमा ब्रोन्जर फिटनेस एण्ड हेल्थ क्लब पोखराका किरण श्रेष्ठ प्रथम भएका थिए । 

यसैगरी प्रतियोगिताको मेन्स फिजिक्स १ सय ७० सेन्टिमिटर भन्दा कम उचाइतर्फ पावर जिम रुपन्देहीका राम नाथ कुवंर प्रथम भएका छन् । मेन्स फिजिक्सकै १ सय ७० सेन्टिमिटरभन्दा माथिको उचाइमा ए.ए. फिटनेश रुपन्देहीका सुबिन बिक प्रथम भए ।

महिला फिजिकतर्फको उपाधि भने निर्बोध एरोबिक एण्ड फिटनेस बुटवलकी मंजिला राजभण्डारीले हात पारेकी छिन् । प्रतियोगितामा प्रदेश नम्बर–४ तथा ५ का एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित :चैत्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्