बजारभरि होली टिसर्ट

- साप्ताहिक संवाददाता

चैत्र ३, २०७५

होली आउनुभन्दा दुई साताअघि नै पत्रकार शिव दाहालले एउटा तस्बिरसहित ट्वीट गरे ‘भाटभटेनीलाई होलीले छोपिसकेछ ।’ पत्रकार दाहालले उल्लेख गरे झैं काठमाडौं सहरमात्र होइन देशका प्रमुख सहरका अधिकांश रेडिमेड कपडा पसल तथा मलहरूमा होलीलाई लक्षित गर्दै तयार पारिएका टिसर्ट यत्रतत्र देखिन्छ । केही वर्षयता सहरमा कर्पोरेट होलीको क्रेज बढेसँगै अहिले बजारमा ह्याप्पी होली, होलीको शुभकामना आदि सन्देश अंकित टिसर्ट उपलब्ध हुन थालेका हुन् ।

यस्ता टिसर्ट बालबालिकादेखि वयष्कसम्मको शरीरलाई फिट हुने साइजमा उपलब्ध हुन्छन् । होलीको दिन बिहानैदेखि यस्ता टिसर्ट लगाएर होली खेल्ने क्रेज बढेसँगै बजारमा यसको माग बढेको व्यवसायिहरूको भनाइ छ । कम मूल्यका यस्ता टिसर्ट १ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री भैरहेका छन् ।

ह्याप्पी होली अंकित टिसर्टसँगै कर्पोरेट हाउस तथा प्रदर्शनको तयारीमा रहेका चलचित्रका निर्माताहरूले आफ्नो ब्राण्डको लोगो तथा नाम अंकित टिसर्ट तयार पारिरहेका छन् । होलीको दुई दिनमात्र ती टिसर्ट प्रयोग हुने हुँदा तीनको मूल्य महंगो नराखिएको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित :चैत्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्