बालीमा प्रियंका र आयुष्मानको मस्ती 

- साप्ताहिक संवाददाता

चैत्र ३, २०७५

अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशी इन्गेज्मेन्ट गरिसकेका जोडी हुन् । उनीहरू निकट भविष्यमै वैवाहिक जीवनमा बाँधिदैछन् । सामाजिक कार्यका साथै सामाजिक सञ्जालमा समेत उक्तिकै सत्रिय यो जोडी यतिबेला बिदा मनाउन इन्डोनेसियाको बाली पुगेको छ । 

चलचित्रको अभिनय तथा सामाजिक कार्यबाट केही समयका लागि छुट्टी लिएर उनीहरू दोस्रो पटक बाली पुगेका हुन् । यसअघि अघिल्लो वर्ष पनि उनीहरू बाली पुगेका थिए । यद्यपि त्यतिबेला उनीहरूले सामाजिक सञ्जालमा आफ्नो भ्रमणका तस्बिर सार्वजनिक गरेका थिएनन् । 

यसपटक भने दुवैले त्यहाँ बिताएका रोमान्टिक पलहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्, जसले निकै तीव्र प्रतिक्रिया पाएको छ ।

प्रकाशित :चैत्र ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्