माइलाको फुटबल गीत

- साप्ताहिक संवाददाता

चैत्र २, २०७५

नेपालको राष्ट्रिय गीतका रचनाकार हुन्– व्याकुल माइला । उनको एउटा अर्को विशेषता पनि छ र त्यो हो– फुटबल प्रेम । माइला फुटबल भनेपछि हुरुक्कै हुन्छन् । उनी आफ्नो जन्म स्थान ओखलढुंगामा आफ्नै सक्रियतामा फुटबल प्रतियोगिताको आयोजना समेत गर्छन् ।

त्यो पनि उनकै नाममा अर्थात ब्याकुल माइला कप । केही समयअघि उनी प्रतियोगिताको तयारीका सिलसिलामा अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो स्थित कार्यालय पुगेका थिए । त्यहाँ उनले अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेटे । खासमा माइला प्रतियोगिताका लागि एन्फाको सहयोग लिन त्यहाँ पुगेका थिए जहाँ अध्यक्ष शेर्पाले उनलाई फुटबलसम्बन्धी एउटा गीत लेख्न अनुरोध गरे ।

बाहिरतिर प्रत्येक देशको आफ्नै अलग फुटबल गीत हुन्छ । नेपालको भने फुटबल गीत थिएन, फुटबल प्रेमी माइलाले एन्फाको प्रस्ताव मानिहाले र अहिले तयार भएको छ, ‘फुटबल...फुटबल...फुटबल’ शीर्षकको फुटबल गीत जसमा संगीत भरेका छन्, प्रदीप बम्जनले । अब जति बेला नेपाली राष्ट्रिय टिमले खेल्नेछ, त्यहाँ यो गीत पक्कै बज्नेछ । 

प्रकाशित :चैत्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्