चर्चामा बसन्तको कुखुराको भाले

- साप्ताहिक संवाददाता

चैत्र २, २०७५

 

गायक बसन्त विश्वकर्माको पछिल्लो गीत ‘कुखुराको भाले’ अहिले निक्कै चर्चामा छ । उनीसहित प्रीति आले, राजु ढकाल र कला लम्सालको आवाज रहेको रोइला दोहोरी गीत ‘टीकटक’ लगायतका सामाजिक सञ्जालमा अहिले भाइरल बन्दै गएको छ । 

बसन्तकै यूट्युब च्यानबाटसार्वजनिक गरिएको गीतमा बसन्त स्वयंको शब्द र संगीत रहेको छ । 

गीतको म्यूजिक भिडियोमा बसन्तस“गै, प्रीति आले, राजु ढकाल र सबिता आलेको अभिनय रहेको छ । 

बसन्तले यसअघि ज्यानमाया, शितको थोपा मुना मुनामा, गल्लाले, नौजाले लगायतका गीत बजारमा ल्याइसकेका छन् ।

कुखुराको भालेको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्