किन पछि हट्यो चलचित्र दाल भात तरकारी

- साप्ताहिक संवाददाता

चैत्र २, २०७५

वैशाख १३ गतेदेखि अल नेपाल पदर्शनको प्रचारमा रहेको चलचित्र ‘दाल भात तरकारी’ अब उक्त मितिमा प्रदर्शनमा नआउने भएको छ । चलचित्रको टेक्निकल काम नसकिएका भन्दै यो चलचित्र निर्धारित मिति भन्दा एक साता पनि सारिएको छ । 

चलचित्रका प्रस्तुतकर्ता किरण केसीले भनेका छन्– ‘हाम्रो टेक्निकल कामहरु सकिएको छैन । त्यसैले हामी एक साता पछाडि सरेका हौं ।’ अब यो चलचित्र बैशाखको २० गते रिलिज हुने भएको छ । 

तर, सिने बजारमा वैशाख १३ गते हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जरस् इन्ड गेम’ रिलिज हुने भएकाले दाल भात तरकारीको रिलिज डेट पछि सारिएको चर्चा सुरु भएको छ । यता, चलचित्रका प्रस्तुतकर्ता केसीले भने उक्त कुराको खण्डन गरेका छन् । 

सुदन केसीले निर्देशन गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुावर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारले अभिनय गरेका छन् । 

मह सञ्चारको व्यानरमा निर्माण भएको यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ । 

 

प्रकाशित :चैत्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्